शायद सुत्छु म शायद निदाउछु म
मिठा सपनाहरु एक पलक सजाउछु म
शायद रुन्छु म शायद निचोरिन्छु म
ताता अश्रुधारा दुई परेली भिजाउछु म
शायद झर्छु म शायद उजाडिन्छु म
चिसा शिरहरु एक अंगालो फिजांउछु म
शायद बल्छु म शायद उज्यालिन्छु म
न्याना जलनहरु एक बिहान सेलाउछु म
शायद गुन्छु म शायद बचिन्छु म
प्यारा शब्दहरु भरी दुई ओठ खेलाउछु म।

|