rain in small drops - Home
   
  Home
  Sign Here
  Italian Salad
  परीचय्
  frenship
  photo
  Muktak
  biography
  BURGER
  Dont Mis
  Freedom is this?

 This website is in Nepali Language.

  तिम्रो लागि लेखिएका होइनन् यी शब्दहरु

तिम्रो लागि होइनन् बोलिएका यी लवजहरु

तिम्रो र मेरो नता कहां प्रस्ट्याउन सकेकाछौ र?

कसरी कुन अनुपातमा मिसिदैं गयौ र

हामी भवनाको सागरमा,

 

हिसाब किताबका सूत्रहरु म सक्दिन पहिल्याउन

तिमी हिड्यौ पदचाप पछ्याउदै वा

म साटिए तिम्रा पाइलाहरुमा

भन्न सक्दिन म, तर समयका

हिजोहरुमा आपसमा तरङ्गित भएझै

अनुभूतिको सानो अशं दुखिरहन्छ

मनभित्र,

 

अब पनि किन पल्टाउनु छ र

नीरस इतिहांसमा पानाहरु

बिगत केस्रा-केस्रा केलाएर किन

डाक्नु छ र चिसा रातीहरु,

तिमी जाऊ जादैं गर जहां तिम्रा मन

हरु मन सगं बात मारुन्

आफै भित्र गोता लगाइ आफैलाइ

बल्छि मा पारुन्

 

रोकुन्, छेकुन् आफैलाई कुना कुना

लखेटेर, अटेसमटेस भएर नपोखी

खादिंएर रहुन्, जमीरहुन्, अतालिएर

पग्लिनु, बग्नु, खोल्सो खोल्सि भरिएर

 

तिमीमा म हुनु कुनै हुनु होइन

ममा तिमी नहुनु कुनै नहुनु होइन

फगत जिवन हो ; मात्र बाच्नु हो आफुमा

आफु भएर, आफुमा आफु बेरिएर, आफुमा

आफै साटिएर, तिमी भएर होइन,

तिमी देखिएर होइन, तिमीबाट हेरिएर होइन

आफुमा आफै देखिएर, आफै बाट हेरिएर !

AMRIT KAFLE
 
   
Today, there have been 9066 visitors (14479 hits) on this page!
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free