भए स्वार्थ केही जुटी दिन्छ मान्छे
सके लुट्न ज्यानै लुटी दिन्छ मान्छे
कहाँ भन्छ आफ्नो न ठान्थ्यो हितैसी
सके सम्म सारा भुटी दिन्छ मान्छे
छ सन्तान हाम्रो भनी गर्व गर्ने
तिनै बा र आमा कुटी दिन्छ मान्छे
म एक्लो छु साथी भनी साथ मग्दा
कतै वीच वाटै छुटी दिन्छ मान्छे
सधैं बोक्छ गोली सधैं हुन्छ युद्द
र ज्वाला मुखीझै फुटी दिन्छ मान्छे
by :- Ram Hari Karki
|